वडासदस्य गोदारको निधनपछि आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
स्याङ्जा | चैत २१, २०८१
स्याङ्जाको आँधीखोला गाउँपालिकाले शुक्रबार शोक बिदा दिने भएको छ ।
वडा – २ का वडा सदस्य नरबहादुर गोदारको निधन भएकोले शोक बिदा दिइएको हो ।
केहि समयदेखि बिरामी रहेका गोदारको उपचारका क्रममा निधन भएको गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले जानकारी दिए ।
वडा सदस्य गोदारको ५६ वर्षको उमेरमा निधन भएकोप्रति दु:ख प्रकट गर्दै गाउँपालिका अध्यक्ष पौडेलले दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेका छन् ।
गाउँपालिकाको कार्यालय, मातहतका वडा कार्यालय, विषयगत शाखा तथा पालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालय एवं पालिका अन्तर्गतका संघ संस्थाहरुमा शुक्रबारका दिन शोक बिदा दिइएको गाउँपालिकाले विज्ञप्तिमार्फत जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

